लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

रोल्पा

परिचय

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि विकासको अपरिहार्यतालाई अंगिकार गर्दै कृषिको उन्नत प्रविधिको प्रचार प्रसार मार्फत कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उद्देश्यले वि.सं. २०७५ सालमा यस रोल्पा जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना भएको हो । जिल्लाको सदरमुकाम लिवाङमा अवस्थित यस केन्द्रले रोल्पा र पूर्वि रुकुम गरी दुइ जिल्लालाइ सेवा प्रवाह गर्ने गर्द छ । यस केन्द्र मार्फत कार्यक्रम सञ्चालनको लागि प्राविधिक शाखाको रुपमा बिशेषज्ञ शाखा, (जस अन्र्तगत वागवानी, बाली संरक्षण, कृषि प्रसार पर्दछन ), अध्ययन परिक्षण तथा तथ्यांक शाखा र तालिम तथा प्रसार शाखा रहेका छन् । त्यसैगरी प्रशासनिक शाखा तर्फ प्रशासन शाखा र लेखा शाखा रहेका छन् । रोल्पा र पुर्वि रुकुम जिल्लाका सबै क्षेत्रमा प्रदेश सरकारकोे नीति अनुरुप प्रभावकारी रुपमा कृषि कार्यक्रमहरु सञ्चालनार्थ कार्यालय अन्र्तगत उल्लेखित बिभिन्न साखाहरु सञ्चालनमा रहेका छन् । जिल्लाको भौगोलिक संम्भाव्यता, अनुकुल हावापानी, सुगमता, सिचाई, कृषि सडक, विजुली र वजार समेतलाई ध्यानमा राखी कृषि विकास रणनिती र सहस्रव्दी बिकास लक्ष्यले निर्दिष्ट गरेका प्राथमिकता प्राप्त बाली वस्तु र पकेटको पहिचान गरी, भौगोलिक पूर्वाधारको आधारमा पकेटको वर्गिकरण गरी कृषक समूह, सहकारी, उद्यमिहरु मार्फत प्राविधिक सेवा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । लैगिंक विकासको आधारलाई ध्यानमा राखी कृषि विकास सगं सम्वन्धित कार्यक्रमहरुलाइ महिला, जनजाति,दलित, विपन्न, दुर्गम क्षेत्रमा वसोवास गर्दै आई रहेका कृषकहरुलाई प्राथमिकता दिदै व्यबसायिक एवं दिगो विकास सगं सम्बन्धित कृषि कार्यक्रम सञ्चालन गर्ने पद्धतिको सुरुवात गर्दै आएको छ । यिनै वास्तविकतालाई ह्दयांगम गरी कृषि विकास र वातावरण संरक्षणबीच सन्तुुुलन कायम राख्दै उपलव्ध कृषि भूपर्यावरणीय क्षेत्र तथा हावापानी सुहाउंदो र तुलनात्मक रूपमा लाभप्रद कृषि व्यवसायको विविधीकरण तथा सघनरूपमा व्यवसायीकरण गरी स्व-निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमूलक, आधुनिक, बजारमुखी खेती प्रणालीमा रूपान्तरण गर्ने कृषि ज्ञान केन्द्रको मुख्य नीति रहेेको छ ।